स्वास्थ्य नै धन हो” नारासहित कोरियामा 3rd Mr. Fitness Nepal Competition आयोजना हुने

0
231

“स्वास्थ्य नै धन हो” भन्ने मूल नारालाई आत्मसात गर्दै फिटनेस नेपालको आयोजनामा यस वर्ष पनि 3rd Mr. Fitness Nepal Competition (Men’s Physique) आयोजना हुने भएको छ। कोरियामा रहेका फिटनेसप्रेमी नेपाली युवाहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त प्रतियोगिता २०२६ अगस्ट २ तारिखका दिन दक्षिण कोरियामा सम्पन्न हुने फिटनेस नेपालका अध्यक्ष अन्जन थापा मगरले जानकारी दिनुभएको छ।

जिममा निरन्तर अभ्यास गर्दै आएका तथा स्टेजमार्फत आफ्नो शारीरिक क्षमता, आत्मविश्वास र अनुशासन प्रस्तुत गर्न चाहने युवाहरूका लागि यो प्रतियोगिता उत्कृष्ट अवसरका रूपमा लिइएको छ। प्रतियोगिताले सहभागीहरूलाई फिटनेसप्रति थप प्रेरित गर्ने, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने तथा आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य कोरियामा रहँदै पनि शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन सकिने सही जीवनशैलीबारे सकारात्मक सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ। साथै, फिटनेसप्रेमीहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदान–प्रदान तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्यसमेत कार्यक्रमले लिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथम हुनेले १५ लाख वोन, दोस्रो हुनेले १० लाख वोन र तेस्रो हुनेले ५ लाख वोन पुरस्कार प्राप्त गर्नेछन्।

विभिन्न संघ–संस्था, प्रायोजक तथा सञ्चार माध्यमहरूको सहकार्यमा कार्यक्रमलाई भव्य र सफल बनाइने आयोजकको विश्वास रहेको छ। साथै, कोरियामा क्रियाशील संघ–संस्था, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीहरूबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्दै फिटनेस नेपालले फिटनेसप्रेमी नेपाली युवाहरूलाई प्रतियोगितामा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्