सोल, दक्षिण कोरिया नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको १८औँ कार्यसमितिद्वारा आयोजित पाँचौँ विधान संशोधन भेला सफलतापूर्वक सम्पन्न भएको छ।
सन् २०२६ जनवरी ४ तारिख आइतबार दक्षिण कोरियाको दोङदेमुनस्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न उक्त भेलामा दक्षिण कोरियामा क्रियाशील विभिन्न संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि, गैरआवासीय नेपाली संघ (NRNA), नेपाल आदिवासी जनजाति महासंघ, प्रदेशस्तरीय संघसंस्था, नेपाल पत्रकार महासंघ, लोकदोहोरी प्रतिष्ठान (शाखा), जिल्ला तथा क्षेत्रीय संघसंस्था, जातीय संघसंस्था तथा विभिन्न पेशागत संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
भेलामा उपस्थित सहभागीहरूले NCC को संस्थागत मजबुती, विधान संशोधन तथा भावी कार्यदिशाबारे व्यापक छलफल गरेका थिए। विधान संशोधन प्रक्रियालाई थप समावेशी, पारदर्शी र समयसापेक्ष बनाउन सुझावहरू संकलन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण संस्थागत प्रतिनिधि, सरोकारवाला, अतिथि तथा कार्यक्रमलाई प्रभावकारी रूपमा सार्वजनिक गर्न सहयोग पुर्याउने सञ्चारकर्मीहरूप्रति NCC दक्षिण कोरियाले धन्यवाद ज्ञापन गरेको छ।
NCC संस्थागत संरचना समितिका संयोजक तथा अध्यक्ष हरि प्रसाद खनालको नेतृत्वमा हर्क विष्ट, मनोज कुमार सुवेदी, दिपक थापा मगर, प्रविण गिरी, बि.पी. पौडेल, केदार निरौला, धर्मराज तिवारी, दिल बहादुर मडे, महेश भट्ट, चित्र घले, सरोज के.सी., नर कुमार गुरुङ, हिमाल खनाल र मदन गौतमलगायतले कार्यक्रम व्यवस्थापन तथा समन्वयमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी, विधान संशोधन मस्यौदा समितिका संयोजक डा. एकराज बराल, सदस्य सचिव दिपक थापा मगरसहित प्रविण गिरी, केदार निरौला, बि.पी. पौडेल, ईश्वर धामी, किरण बजगाईं, धर्मराज तिवारी, ओमलाल वली, हरि प्रसाद खनाल र हर्क विष्टले मस्यौदा निर्माण तथा छलफल प्रक्रियामा उल्लेखनीय योगदान पुर्याएको NCC ले जनाएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै NCC दक्षिण कोरियाले संस्थागत एकता, आपसी सहकार्य र नेपाली समुदायको हितमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






