नेपाली टोपी दिवस दक्षिण कोरियामा भव्यताका साथ सम्पन

0
156
Screenshot

कोरिया – परदेशमा रहेर नेपाली पहिचान जोगाउने उद्देश्यसहित एम आर आर (Men’s Room Reloaded) को आयोजनामा दक्षिण कोरियाको सियोलमा “नेपाली टोपि दिवस” विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
२०७६ जनवरी १ गते बिहीबार दिउँसो १२:०० बजे सियोल स्टेशन गेट नं. १ (서울역광장) बाट सुरु भएको कार्यक्रम सांस्कृतिक जुलुसका साथ नाम्सान टावर (Seoul N Tower) मा पुगेर समापन गरियो।
चिसो मौसम रहे पनि देशप्रतिको माया झल्काउनका लागि बाक्लो उपस्थिति देखियो। सहभागीहरूले हातमा नेपाल झल्कने पम्पेलेट बोकेर, ढाका टोपी र राष्ट्रिय पहिरनमा सजिएर परदेशमै पहिचान जोगाउन एकजुट भएको दृश्यले कार्यक्रमलाई झनै आकर्षक बनायो।
कार्यक्रममा एम आर आरका प्रतिनिधि तथा NRNA का प्रतिनिधिको उपस्थिति रहेको थियो। साथै, नेपाल राजदूतावासका तर्फबाट दितिय सचिव छेनिम अधिकारी र नियोग उप–प्रमुख निर्मल प्रसाद भट्टराई सहभागी भएर कार्यक्रमलाई औपचारिकता प्रदान गरे।
सहभागीहरूका अनुसार, यस्ता कार्यक्रमहरूले विदेशमा बसेका नेपालीबीच एकता, संस्कृतिप्रतिको गर्व र पहिचानको जिम्मेवारीलाई अझ मजबुत बनाइदिएको छ।
आयोजक संस्थाले भविष्यमा पनि नेपाली संस्कृति र पहिचानलाई विश्वभर फैलाउन निरन्तर अभियान जारी राख्ने जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्