दक्षिण कोरियामा रहेका नेपाली दर्शकहरूका लागि नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ को प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र प्रदर्शनका लागि कोरिया–व्यापी रूपमा बुकिङ खुला गरिएको आयोजकले जनाएको छ।
नागराज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रलाई निर्देशक अर्जुन घिमिरेले निर्देशन गरेका हुन् भने अनिषा सेन्दाङ लिम्बु निर्माता रहेकी छन्। चलचित्रमा नेपाली समाजको यथार्थ, पारिवारिक सम्बन्ध, संघर्ष र भावनात्मक पक्षलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ।
चलचित्रमा वरिष्ठ तथा लोकप्रिय कलाकारहरूको दमदार अभिनय देख्न सकिनेछ। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले दर्शकको मन छुने विश्वास गरिएको छ।
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सियोल, आनसान, सुवन, किम्हे, बुसान लगायत विभिन्न सहरहरूमा एकैसाथ चलचित्र प्रदर्शनको तयारी भइरहेको जनाइएको छ।
चलचित्र बुकिङ तथा प्रदर्शन सम्बन्धी थप जानकारीका लागि निम्न सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछः
प्रकाश कार्की: 010-9718-2049
केशव भट्टराई: 010-4938-6859
ओत्से लिम्बु: 010-4835-6116
प्रदीप भट्टराई: 010-8362-4466
टेक बहादुर बताला: 010-7281-8081
दक्षिण कोरियामा नेपाली चलचित्रको प्रवर्द्धन गर्दै नेपाली कला, संस्कृति र भावना जोड्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस प्रदर्शनप्रति नेपाली दर्शकहरूको उल्लेख्य चासो देखिएको छ।






