‘बैश’ गीत भिडियो सार्वजनिक दर्शकमाझ उत्साह

0
167

Demo Creation को प्रस्तुतिमा तयार भएको नयाँ गीत भिडियो ‘बैश’ सार्वजनिक भएको छ। Creative Team को सहकार्यमा निर्माण गरिएको यस भिडियोमा कलाकारहरू नीर्मल मगर र रमीला पाख्रिन मुख्य भूमिकामा देखिएका छन्।

भिडियो सञ्जीव श्रेष्ठको निर्देशनमा तयार भएको हो भने गीतको शब्द, स्वर र संगीत भीम गर्बुजा स्वयंले गरेका छन्। गीतको एरेञ्ज अमृत गुरुङले गरेका छन्। रेकर्डिस्ट/मिक्स-मास्टर सजिन बज्राचार्य, छायांकन सोप्रिम, र सम्पादन तथा रंग संयोजन देवेन्द्र पुनले गरेका छन्। पोस्ट–प्रोडक्सन Demo Creation ले गरेको हो।

भिडियोमा कलाकारहरू बीचको रमाइलो भावनात्मक दृश्य देखाइएको छ, जुन गीत प्रेम, सम्झना र जीवनका स्पर्शिला पलहरूसँग सम्बन्धित छ ।

संगीत भिडियो युट्युबको Demo Creation च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीत Spotify, TikTok, Apple Music, iTunes, Saavn, Gaana लगायत प्रमुख डिजिटल प्लेटफर्महरूमा उपलब्ध हुनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्