उद्यमशील युवा मञ्च दक्षिण कोरियाले “युवा उद्यमशीलता र सेयर बजार अन्तरक्रिया कार्यक्रम Season- 2 गर्ने

0
115

दक्षिण कोरिया — उद्यमशील युवा मञ्च दक्षिण कोरियाले “युवा उद्यमशीलता र सेयर बजार अन्तरक्रिया कार्यक्रम–Season 2” यही १४ डिसेम्बर २०२५, आइतबार आयोजना गर्ने भएको छ।

SOALTEE TELECOM को प्रस्तुतीमा हुने यो भर्चुअल अन्तर्क्रिया कार्यक्रममा कोरियामा रहेका युवाहरूलाई उद्यमशीलता, सेयर बजार तथा आर्थिक व्यवस्थापनसम्बन्धी आवश्यक जानकारी प्रदान गरिने मञ्चले जनाएको छ। कार्यक्रममा आगामी युवा उद्यमशीलता तथा सेयर बजार तालिम–२०२६ को तयारी, मञ्चको सदस्यता तथा गतिविधि, साथै नेपाल र कोरियामा भइरहेको लगानी तथा व्यवसायसम्बन्धी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरिनेछ।

कार्यक्रम बेलुकी ८:३० देखि ९:३० सम्म ZOOM मार्फत सञ्चालन हुनेछ।
दक्षिण कोरिया बासी सम्पूर्ण नेपालीलाई उक्त अन्तर्क्रिया कार्यक्रममा सहभागी भई ज्ञान, अनुभव र प्रश्नहरू साझा गर्न उद्यमशील युवा मञ्च दक्षिण कोरियाका अध्यक्ष नरेश मेहताले आग्रह गरेका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्