बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा

0
83

बाग्लुङ समाज दक्षिण कोरियाले आगामी जनवरी ११, आइतबार आफ्नो वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम भव्य रूपले आयोजना गर्ने भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापित यो समाजले हरेक वर्षझैँ यस वर्ष पनि व्यापक तयारीका साथ कार्यक्रम गर्न लागेको हो।

महासचिव सोभाकर शर्माका अनुसार, कार्यक्रमको स्थान छिट्टै अर्को सूचनामार्फत सार्वजनिक गरिनेछ। सोही दिन समाजले २०२५ सिजनको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान प्रदान गर्ने योजना समेत गरेको छ।

दक्षिण कोरियामा रोजगारी, व्यवसाय तथा अध्ययनका क्रममा रहेका बाग्लुङवासीहरूबीच आपसी सहयोग, सामाजिक सेवा र संकट व्यवस्थापनलाई मजबुत बनाउने उद्देश्यले स्थापना गरिएको बाग्लुङ समाज दक्षिण कोरिया, कोरिया मात्र होइन नेपालमा समेत विभिन्न सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको छ।

विशेषगरी, कोरियामा विपत्मा परेका नेपालीहरूलाई सहयोग पुर्‍याउनेदेखि लिएर नेपालमा दैवी–प्रकोप तथा प्राकृतिक विपद्का बेला प्रत्यक्ष राहत तथा सहयोग पुर्‍याउँदै आएको समाजको उल्लेखनीय भूमिका रहँदै आएको छ।

आगामी कार्यक्रमलाई भव्य, अनुशासित तथा सफल बनाउनका लागि समाजले कोरियामा रहेका सल्लाहकार, कार्यसमिति सदस्य, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई हार्दिक उपस्थितिको लागि निमन्त्रणा गरिएको जनाएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्