पाँच ‘स’ दक्षिण कोरियाको नवौं अधिवेशन जनवरी ११ मा हुने

0
119

दक्षिण कोरिया । सनातन साहित्य, सङ्गीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाको नवौं अधिवेशन आगामी जनवरी ११ (पुष २७) का दिन, नेपालका प्रथम राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा पृथ्वी जयन्तीको अवसर पारेर आयोजना हुने भएको छ।

संस्थाका अध्यक्ष श्याम अर्यालले जानकारी दिँदै अधिवेशनमार्फत संगठनको विगत गतिविधिको समिक्षा, भावी कार्ययोजना तय तथा नयाँ नेतृत्व चयन गरिने बताउनु भयो ।

अध्यक्ष अर्यालले संस्थाले नेपाली सनातन धर्म, साहित्य, सङ्गीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ दक्षिण कोरियामा निरन्तर गतिविधि गर्दै आएको उल्लेख गर्नुभयो ।

नेपाली मौलिक धर्म–संस्कृतिलाई विदेशमा पनि जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु संस्थाको मुख्य लक्ष्य रहेको र सोही अनुरुप पाँच स’ ले दक्षिण कोरियाको आन्सान क्षेत्रमा नेपाली मन्दिर र पुस्तकालय सञ्चालन गर्दै आइरहेको छ।

अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ भने कार्यक्रममा सहभागिताका लागि दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई उपस्थित हुन आग्रह पनि गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्