लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल–कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न मिलन थापा अध्यक्षमा निर्वाचित

0
112

दक्षिण कोरिया । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल–कोरिया शाखाको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा मिलन थापालाई अध्यक्षमा चयन गरेको छ। नव–निर्वाचित अध्यक्ष थापासहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। अधिवेशनले कोरियामा नेपाली लोक तथा दोहोरी गीत–संगीत, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै संस्थाको पहिचान र गतिविधिलाई कोरियास्थित नेपाली समुदायमा विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै निवर्तमान अध्यक्ष खिम छन्त्याल तथा उहाँको सम्पूर्ण कार्यसमितिलाई विशेष धन्यवाद प्रकट गरिएको छ।

चौथो अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिको रूपमा सहभागी हुनुभएकी केन्द्रीय अध्यक्ष रिता थापा तथा केन्द्रीय कार्यसमितिप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ। साथै प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनु भएकामा कोरिया शाखा परिवारप्रति आभार व्यक्त गरिएको छ।

अधिवेशन सफल बनाउन सहयोग पुर्‍याउने साधारण, आजीवन तथा मानार्थ सदस्यहरू, सल्लाहकार, निर्वाचन मण्डलका संयोजक बन्दु काफ्ले, सदस्य रेबिका लामिछाने, संस्थापक अध्यक्ष जितन भाई श्रीष, स्थान व्यवस्थापन सहयोगी भेटघाट रेष्टुरेन्ट तथा सम्पूर्ण सहयोगीहरूप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

अध्यक्ष मिलन थापा प्रथम उपाध्यक्ष ललित गिरी द्वितीय उपाध्यक्ष सरोज गुरुङ महिला उपाध्यक्ष बिपना अधिकारी सचिव विशाल थापा कोषाध्यक्ष रबित मगर सह–सचिव बिमल अधिकारी सह–कोषाध्यक्ष मानकाजी शाक्य सदस्यहरू बिकास नेपाली, देवेन्द्र पून, छबि गुरुङ, यानु पुन, अनु अधिकारी, दिनेश पाण्डे, कमल रेग्मी, कुलबहादुर परियार, अमृत चापागाई, अनिता बिश्वकर्मा, गिता चनारा, सजिना थापा र शोभा अर्याल

नयाँ नेतृत्वसँगै प्रतिष्ठान नेपाल–कोरिया शाखाले कोरियामा नेपाली लोक–संस्कृतिको प्रवर्द्धनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्