गण्डकी प्रदेश समाज, दक्षिण कोरियाद्वारा स्थापना दिवस तथा दोस्रो वार्षिक साधारण सभा डिसेम्बर २८ मा हुने

0
106

सोल, दक्षिण कोरिया – प्रवासमा रहेका गण्डकी प्रदेशका नेपालीहरूलाई एकताबद्ध गर्न स्थापना गरिएको गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले आगामी २०२५ डिसेम्बर २८ गते आफ्नो स्थापना दिवस तथा दोस्रो वार्षिक साधारण सभा भव्य रुपमा आयोजना गर्ने भएको छ। सोही अवसरमा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम समेत आयोजना गरिने समाजले जनाएको छ।

“प्रवासभित्र नेपाली एकता, गण्डकी प्रदेशको सामूहिक सहभागिता” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको समाजले कार्यक्रममा सम्पूर्ण सदस्य तथा शुभेच्छुहरूलाई हार्दिक आमन्त्रण गरेको छ।

कार्यक्रम दिउँसो १२ बजे बाट सुरु हुने भनिएको छ स्थान 서울시 종로구 창신길 51, 5층 새마을 금고 (동대문역 exit no.1 बाट 200 मिटर अगाडि)

गण्डकी प्रदेशका विभिन्न जिल्लासँग सम्बन्धित सह–आयोजक संघ–संस्थाहरूको सहयोगमा भइरहेको उक्त कार्यक्रममा समाजका आगामी कार्ययोजना, वार्षिक प्रतिवेदन र भविष्यका सहकार्यबारे छलफल गरिनेछ। साथै, गण्डकी प्रदेशका सबै प्रतिनिधि, सदस्य तथा अग्रजहरूबीच भेटघाट, शुभकामना आदान–प्रदान र सांस्कृतिक प्रस्तुति पनि रहने समाजले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्