दक्षिण कोरियामा रहँदै आउनुभएका लेखक तथा संगीतकार सर्जक जितन भाइको पन्चेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ

0
101

मगर सांस्कृतिक पहिचान झल्काउने मौलिक पञ्चेबाजा गीत ‘तिम्रै नाममा चलेको ढुकढुकी ’ सार्वजनिक गरिएको छ। जितन भाईको प्रस्तुतिमा बनेको यो गीतमा देवी घर्ती र रेशम निर्दाेशको सुमधुर स्वर रहेको छ भने गीतको शब्द तथा संगीत स्वयम् जितन भाईकै सिर्जना हो।

 

गीतको संगीत संयोजन याम थापा मगरले गरेका छन्। 1DB HD नेक्स्ट लेभल स्टुडियोमा गरिएको रेकर्डिङ्गलाई HBN किस्मतले मीक्स गरेका छन्। भिडियो पक्षमा सज्जन कुमार सिंहले निर्देशन गरेका छन्। भिडियोमा हमा लक्ष्मी मगर, दुर्गा तियार पुन र जितन भाई स्वयंले अभिनय गरेका छन्। दृश्यलाई जीवन्त बनाउन सोनम पराजुलीको सिनेमाटोग्राफी र नवीन घर्ती मगरको सम्पादन महत्वपूर्ण बनेको छ।

 

भिडियो व्यवस्थापनमा सरोज रेग्मी, मेकअपमा एलिजा भुजेल रहेका छन्। यस म्युजिक भिडियो निर्माणको क्रममा kyungmi lee (Korea), याम श्रीस मगर, मनिलाल घर्ती मगर, अबिकला घर्ती मगर, न्यूज केन्द्र बिन्दु कोरिया, नेपाल मगर संघ कोरिया थेगु शाखा, तथा सगरमाथा नौमति पञ्चेबाजा छिरवन कोरियाले विशेष सहयोग गरेका छन्।

साथै, नेपाल मगर संघ कोरिया केन्द्र, किम्हे–बुसान शाखा, गजेदी–गजेदो शाखा, छल्ला–मोक्पो शाखा, जेजुदो शाखा, तथा बाग्लुङ समाज थेगु शाखाले पनि गीत सार्वजनिकमा महत्वपूर्ण भूमिका पुर्‍याएका छन्।

पोस्ट प्रोडक्सन Adventure Entertainmentले सम्पन्न गरेको यो गीतले मगर समुदायको मौलिकता, प्रेमकथा र सांस्कृतिक सौन्दर्यलाई उजागर गर्ने अपेक्षा राखिएको छ।

गीत हेर्न र सुन्न चाहनेका लागि Jinan Bhai Official YouTube channel तथा अन्य सामाजिक सञ्जालमार्फत उपलब्ध गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्