कोरियाले अवैध बसोबास गरेका विदेशीका लागि विशेष स्वेच्छिक प्रस्थान योजना घोषणा

0
88

सोल, दक्षिण कोरिया — कोरियाको न्याय मन्त्रालयले २०२५ डिसेम्बर १ देखि २०२६ फेब्रुअरी २८ सम्म अवैध रूपमा बसेका विदेशीहरूलाई लक्ष्य गर्दै विशेष स्वेच्छिक प्रस्थान कार्यक्रम लागू गर्ने घोषणा गरेको छ।

यस योजनाअन्तर्गत तोकिएको समयावधिभित्र आफैँ स्वेच्छाले कोरिया छोड्ने विदेशीले जरिवाना (बञ्चिकुम) नतिरिकै देश फिर्ता हुन पाउने रभविष्यमा पुनः कोरिया प्रवेश गर्न सजिलो हुने छ।

न्याय मन्त्रालयका अनुसार, २०२५ डिसेम्बर १ भन्दा पहिले कोरियामा अवैध बसोबासमा परेका विदेशीहरू यो योजनामा सहभागी हुन योग्य हुनेछन्। तर गम्भीर अपराधमा संलग्न, झुटा कागजात प्रयोग गर्ने, देशनिकाला आदेश अवज्ञा गर्ने, वा २०२५ डिसेम्बर १ पछि मात्रै अवैध अवस्थामा पुगेका व्यक्तिहरू भने यस योजनाबाट बाहिर रहनेछन्।

स्वेच्छिक प्रस्थानका लागि आवश्यक पासपोर्ट , स्वेच्छिक प्रस्थान फारम र हवाई टिकट विदेशीले उडान मितिभन्दा ३ दिनदेखि १५ दिन अगाडि नजिकको इमिग्रेशन कार्यालयमा गएर वा HiKorea वेबसाइट मार्फत ‘स्वेच्छिक प्रस्थान’ को लागि आवेदन दिनुपर्नेछ।

स्वीकृत भएपछि उडानको दिन ४ घण्टा अगाडि विमानस्थलमा उपस्थित भई अन्तिम प्रक्रिया पूरा गरेपछि प्रस्थान गर्न सकिनेछ।

विस्तृत विवरणका लागि कोरियाको इमिग्रेशन हेल्पलाइन 1345, HiKorea वेबसाइट, तथा इमिग्रेशन नीति विभागको वेबसाइटमा जानकारी उपलब्ध छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्