दक्षिण कोरियास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विदेश विभागअन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन आज सोलमा अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ। प्रवासी नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा गठन गरेको घोषणा गरेको छ।
अधिवेशनले युबिन श्रेष्ठलाई संयोजक (प्रमुख) नियुक्त गर्दै २०२५–२०२७ कार्यकालका लागि नेतृत्व हस्तान्तरण गरेको छ। त्यस्तै उप–प्रमुखमा सुन्दर प्रसाद अधिकारी, सचिवमा विक्रम काफ्ले, सह–सचिवमा बसन्त रिजाल, तथा कोषाध्यक्षमा दीपेन्द्र प्रसाद शर्मा चयन भएका छन्।
सदस्यतर्फ सन्तोष डङ्गोल, सन्तोष लामिछाने, ईन्द्रराज जोशी, बिमल बिष्ट, खेम बहादुर गुरुङ (Critesh), सन्दिप बास्तोला, केशब सन्जेल, समर थापा, धर्मराज कडेल, बिजय गुरुङ, अस्मिता चुदारा र सन्जिव घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्।
कार्यक्रममा सहभागी वक्ताहरूले दक्षिण कोरियामा रहेका नेपालीहरूको हक–अधिकार, सामाजिक योगदान तथा संगठनात्मक बलियो संरचना निर्माणमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नव–निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।






