सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा ‘Sudur Health Talk – EP–2’ December 7 मा

0
75

दक्षिण कोरिया । सुदूरपश्चिम समाज, दक्षिण कोरियाले स्वास्थ्यमुखी जनचेतना अभिवृद्धि गर्न ‘SUDUR HEALTH TALK – EP–2’ कार्यक्रम आगामी डिसेम्बर ७ (आइतबार) आयोजना गर्ने भएको छ।

निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि., धनगढी को सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रममा मानसिक स्वास्थ्य तथा नशा–निवारण विषयमा केन्द्रित विशेष परामर्श प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रम नेपाली समय अनुसार साँझ ४ः१५ बजे तथा कोरियन समय अनुसार बेलुका ७ः३० बजेदेखि प्रत्यक्ष प्रसारण गरिनेछ।
प्रत्यक्ष प्रसारण सुदूरपश्चिम समाज, दक्षिण कोरियाको अफिसियल फेसबुक पेज, निसर्ग अस्पतालको अफिसियल फेसबुक पेज, साथै रेडियो घोडाघोडी FM 88.3 MHz मार्फत हुने जानकारी दिइएको छ।

कार्यक्रमका प्रस्तुतकर्ता नवराज तिमिल्सिना, महासचिव (सुदूरपश्चिम समाज, दक्षिण कोरिया) रहनेछन्।
यसैगरी, कार्यक्रममा मानसिक तथा नशा सम्बन्धी विशेषज्ञ डा. प्रमोद सापकोटा (निसर्ग अस्पताल, धनगढी) ले परामर्श तथा स्वास्थ्य जानकारी प्रस्तुत गर्नेछन्।

विस्तृत जानकारीका लागि ब्यानरमा उल्लेखित सम्पर्क नम्बरहरू समेत उपलब्ध गराइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्