धौलागिरी क्षेत्रमा पहिलोपटक मान्यता प्राप्त ‘केल्मी शो–रुम’ बागलुङमा भव्य रुपमा उद्घाटन

0
419

धौलागिरी क्षेत्रमै पहिलोपटक मान्यता प्राप्त केल्मी शो–रुम बागलुङ बजारको गोल्डेन गेट चोक नजिकै आज एक विशेष समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ। बिगत लामो समयदेखि पर्वत सदरमुकाम कुश्मा बजारस्थित पर्वत स्पोर्ट्स हाउस मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आउनुभएका जिल्ला भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीद्वारा सेवा विस्तारका लागि यो नयाँ शो–रुम सार्वजनिक रूपमै संचालनमा ल्याइएको हो।

उद्घाटन कार्यक्रम राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको मुख्य आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अन्य राष्ट्रिय खेलाडीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

नयाँ शो–रुममार्फत खेलकुदप्रेमीहरूका लागि केल्मी ब्रान्डका उत्तम, गुणस्तरीय र भरपर्दा सामग्रीहरू सहज रूपमा उपलब्ध हुने भएको छ। दीर्घ अनुभव, विश्वासिलो सेवा र ग्राहकमैत्री सुविधाका कारण अब धौलागिरी क्षेत्रका खेलाडी तथा खेलकुद प्रेमीहरूले गुणस्तरीय खेल सामग्री स्थानीय बजारमै पाउने भएका छन्।

उद्घाटनकै अवसरमा विभिन्न विशेष अफरहरू समेत प्रदान गरिएको आयोजकले जनाएको छ।

स्थान तथा सम्पर्क स्थान: गोल्डेन गेट चोक, बागलुङ बजार सम्पर्क:068–524490,9860590365,9857671575

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्