नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न

0
155
Screenshot

दक्षिण कोरियाको सउल दोङ्देमुनस्थित नेपाल–थाइ रेष्टुरेन्टको सभाहलमा आज सुरेश भट्टको अध्यक्षतामा नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनमा कोरियामा रहेका अतिथिहरूको उल्लेख्य उपस्थितिका बीच तत्कालीन अध्यक्ष बिबी स्याङ्तान तामाङलाई समाजप्रतिको निरन्तर योगदानका लागि सम्मान तथा धन्यवाद प्रदान गरिएको थियो।

सोही अवसरमा नयाँ कार्यसमिति चयन गरिएको छ। नव–निर्वाचित समितिको नेतृत्व अध्यक्ष सुरेश भट्टले गर्नेछन्।

अन्य पदाधिकारीहरू यस प्रकार छन वरिष्ठ उपाध्यक्ष सुनिल रिजाल उपाध्यक्ष अर्जुन तामाङ सचिव अश्विन अधिकारी कोषाध्यक्ष बाबुराम रिमाल सह–कोषाध्यक्ष उद्धव थापा सदस्यहरू नविन भट्टराई, राजन गुरुङ, मदन ढुङ्गाना, प्रदिप तामाङ, विजय तामाङ, सुजन सिल्वाल, रिया पौड्यल र सन्दिप रेग्मी

स्थापना कालदेखि नै नुवाकोट समाज, दक्षिण कोरियाले कोरिया र नेपालमा सामाजिक तथा सहयोगमूलक कार्यक्रममार्फत समुदायमाथि सकारात्मक प्रभाव पार्दै आएको छ। नयाँ कार्यसमितिबाट पनि सामाजिक उत्तरदायित्व, सहयोग र सक्रियताका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा अघि बढाइने अपेक्षा व्यक्त गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्