कोरियामा शनिबार राति ९ बजे निशुल्क अनलाइन शेयर प्रशिक्षण

0
268

शेयर बजारमा चासो राख्ने लगानीकर्ताहरूका लागि निशुल्क अनलाइन शेयर प्रशिक्षण कार्यक्रम आगामी शनिबार राति कोरिया समय अनुसार ९ बजे सञ्चालन हुने भएको छ।

Kalash Stock Market (Broker No. 74) को आयोजनामा हुने उक्त प्रशिक्षणमा ट्रेनर अशोक कुमार शाह ले प्रशिक्षण दिनेछन्। कार्यक्रममा सहभागीहरूले शेयर बजारको आधारभूत ज्ञान, लगानीका अवसरहरू, साथै टेक्निकल एनालिसिस (Technical Analysis) सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्नेछन्।

आयोजकहरूले यो कार्यक्रम विदेशमा रहेका नेपाली लगानीकर्ताहरूका लागि पनि उपयोगी हुने बताएका छन्।

कार्यक्रममा सहभागी हुन इच्छुकहरूले आफ्नो नाम कमल पौडेल (WhatsApp: 9851404106) मार्फत दर्ता गराउन सक्नेछन्। साथै, सहभागीहरूले अनलाइन लिङ्कमार्फत पनि सीधा प्रशिक्षणमा जोडिन सक्ने जानकारी आयोजकले दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्