दक्षिण कोरियाको नेपाल नागार्जुन गुम्बामा ‘आयु अभिषेक’ तथा ‘दीर्घायु अभिषेक’ कार्यक्रम आयोजना हुने

0
129

दक्षिण कोरियाको नेपाल नागार्जुन गुम्बामा ‘आयु अभिषेक’ तथा ‘दीर्घायु अभिषेक’ कार्यक्रम आयोजना हुने भएको छ। परम पुजनीय गुरु खेन्पो साङ्गे राङज्युङ रिन्पोछे ज्युको पावन उपस्थितिमा हुने यो पवित्र कार्यक्रम २०२५ नोभेम्बर १६ गते आइतबार बिहान ९ बजेबाट सुरु हुनेछ।
करुणा र बोधिचित्ताको मूलतत्वमा आधारित यस अभिषेक कार्यक्रममा रिन्पोछे ज्युले सबै श्रद्धालु र साधकहरूलाई दीर्घायु, स्वास्थ्य, सौभाग्य र आध्यात्मिक समृद्धिका लागि आशीर्वाद प्रदान गर्नुहुनेछ। बौद्ध परम्पराअनुसार ‘आयु अभिषेक’ जीवनशक्ति अभिषेक हो, जसले शरीर, वाणी र मनलाई पवित्र पार्दै रोग, दुःख र असमय मृत्युबाट रक्षा गर्ने विश्वास गरिन्छ। कार्यक्रमको क्रममा शुद्धिकरण पूजा, शरणागमन, रिन्पोछेज्युको प्रमुख धर्मदर्शना, सामूहिक प्रार्थना तथा मन्त्रोच्चार गरिनेछ।

कार्यक्रम नेपाल नागार्जुन गुम्बा, 경기도 동두천시 동두천로 115, 지행역 출구 IKB bank 8th floor मा आयोजना हुनेछ।
सम्पर्कका लागी (010-9261-0154) र साङ्गे फुन्छोक लामा लाई सम्पर्क गर्न सकिने छ।

नेपाल बौद्ध परिवार र यू.बी.सी.सी. भिक्षु संघ दक्षिण कोरियाको संयुक्त आयोजनामा हुन लागेको यस धार्मिक समारोहमा सम्पूर्ण श्रद्धालुजन, भिक्षु र भक्तजनलाई सहभागी भई धर्मलाभ लिन हार्दिक निमन्त्रणा गरिएको छ।  कार्यक्रमले आध्यात्मिक शान्ति, स्वास्थ्य र सौभाग्यको कामना गर्दै सबैका लागि कल्याण र मंगलकामना प्रदान गर्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्