कोरियामा ज्यान गुमाएका दोहोरी गायक केहर सिंह छन्त्यालको परिवारलाई सहयोग रकम हस्तान्तरण

0
193

२०२५ अक्टोबर २५ का दिन दक्षिण कोरियामा भएको छिगेछा दुर्घटनामा दुखद रूपमा ज्यान गुमाएका लोकप्रिय दोहोरी गायक केहर सिंह छन्त्यालको परिवारका लागि कोरियामा संकलित सहयोग रकम नेपालमा हस्तान्तरण गरिएको छ।

उही भाषा पढेका साथिहरूको पहल र सक्रियतामा संकलित सो रकम २०२५ नोभेम्बर ११ का दिन पोखरास्थित मृतकको अस्थायी निवासमा पुगेर उनकी जीवनसंगीनी पुनम छन्त्यालको हातमा र सोहीको NIC Asia बैंक खातामा जम्मा गरिएको हो।

कुल संकलित रकम ₩१२,०८८,३६० (करिब नेपाली रूपैयाँ ११ लाख ७१ हजार ५००) रहेको छ।
जसमध्ये  रु. ३ लाख नगद रूपमा हस्तान्तरण गरिएको र
 रु. ८ लाख ७१ हजार ५ सय बैंक खातामा डिपोजिट गरिएको जनाएको छ।

सहयोग संकलनमा विशेष योगदान पुर्‍याउने साथिहरूमा नरेन गुरुङ (लम्जुङ), विनोद पारियार (गोर्खा), राजु बिक (तनहु), रिसि श्रेष्ठ (तनहु), सुनिल गुरुङ (तनहु), जीवन जिसी (पोखरा), सुमन गुरुङ (पोखरा), केदार अधिकार (हेटौंडा), रुबिना आङ्बो (पाँचथर), निरुता गुरुङ (तनहु), प्रमोद गुरुङ (लम्जुङ) र रबि खवास (स्याङ्जा) रहेका छन्।

त्यसैगरी, मिना गुरुङ (पोखरा) र बिक्रम क्षेत्री (पोखरा) ले उक्त रकम औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

यो सहयोग अभियानले प्रवासमा रहँदैपनि आपसी माया, सहानुभूति र एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै सहभागीहरूले मृतक आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्