नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) गणतन्त्र कोरियाको ९औँ महाधिवेशन भव्य रूपमा सम्पन्न शुभराज भोम्जन निर्विरोध रूपमा चयन

0
120

प्रवासमा रहेका आदिवासी जनजातिहरूबीच आपसी एकता, सांस्कृतिक पहिचान र समुदायिक सशक्तिकरणलाई मुख्य उद्देश्य बनाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) गणतन्त्र कोरियाको ९औँ महाधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

महाधिवेशनबाट शुभराज भोम्जन निर्विरोध रूपमा अध्यक्ष पदमा चयन हुनुभएको छ। उहाँसहितको नयाँ कार्यसमितिमा विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको सशक्त संयोजन गरिएको छ।
वरिष्ठ उपाध्यक्ष श्रेहाङ इधिङ्गो लिम्बू उपाध्यक्ष पूर्ण बहादुर पुन सचिव राम प्रकाश चौधरी कोषाध्यक्ष गंगा पुन मगर सदस्यहरू सुनिल चौधरी, धिरेन राई, छत्र राई, भुवन लिङ्देन

कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था, सामुदायिक अगुवा तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महाधिवेशनले प्रवासमा रहँदा पनि आफ्नो भाषा, संस्कृति र पहिचान जगेर्ना गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना र सहयोगका प्रतिबद्धता जनाइएको थियो।

नव–निर्वाचित अध्यक्ष शुभराज भोम्जनले आफ्नो कार्यकालमा संघीय एकता, पारस्परिक सहयोग र समुदायिक विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस महाधिवेशनले कोरियामा रहेका नेपाली आदिवासी जनजातिहरूको साझा मञ्चलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय एकताको भावना प्रवासमै जीवन्त राख्ने सन्देश दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्