दक्षिण कोरियामा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलज्यूसँग अन्तरक्रिया कार्यक्रम हुने

0
195

 दक्षिण कोरिया — नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले सूचना तथा सञ्चार मन्त्री माननीय जगदिश खरेलज्यूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

“नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम” शीर्षकमा आयोजना हुन लागेको उक्त कार्यक्रम नोभेम्बर १४, २०२५ (शुक्रबार) बेलुकी ५:०० बजे, सुवनस्थित सराक एभरेस्ट रेस्टुरेन्टको सभाहलमा हुने जनाएको छ।

कार्यक्रममा मन्त्री खरेलज्यूले दक्षिण कोरियामा रहेका नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्दै, सञ्चार क्षेत्रको वर्तमान अवस्था, प्रवासी नेपाली पत्रकारिता र सरकारको सूचना नीतिबारे विचार राख्ने अपेक्षा गरिएको छ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अनुसार, कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली पत्रकार, संघ–संस्था प्रतिनिधि र इच्छुक नेपालीलाई उपस्थित रहन हार्दिक निमन्त्रण गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्