दक्षिण कोरिया । प्रवासमा पनि धर्म, संस्कृति र संस्कारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले एम आर आर टिम कोरिया र पाँच स दक्षिण कोरियाको संयुक्त आयोजनामा विशेष भजन–कीर्तन कार्यक्रम आयोजना हुने भएको छ।
आगामी २०२५ नोभेम्बर १५ गते (शनिबार) का दिन दक्षिण कोरियाको आन्सान सहरस्थित पाँच स दक्षिण कोरियाद्वारा सञ्चालित साझा मन्दिरमा उक्त कार्यक्रम हुन लागेको आयोजक समितिले जनाएको छ।
कार्यक्रम बेलुका ७:३० बजेदेखि १० बजेसम्म सञ्चालन हुने बताइएको छ। उक्त अवसरमा प्रवासमा रहेका नेपालीहरूले धर्म, संस्कार र आपसी एकताको भावना सुदृढ पार्ने अवसर पाउने अपेक्षा गरिएको छ।
आयोजकहरूले सबै नेपालीहरूलाई उक्त सांस्कृतिक, धार्मिक र सामाजिक एकताको प्रतीकका रूपमा आयोजना हुन लागेको भजन–कीर्तन कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक निमन्त्रण गरेका छन्। 🙏🇳🇵
कार्यक्रम स्थल:साझा मन्दिर, आन्सान (경기 안산시 단원구 원곡공원로 14-1 지하)
सम्पर्कका लागि श्याम अर्याल – 010-4563-9331 सुजन उप्रेती – 010-8462-3237 मनोज भुसाल – 010-5691-9602 केदार गौतम – 010-5708-553






