दोस्रो नेपाल सुपर कप २०२५ फुटबल प्रतियोगिता कोरियामा हुने

0
177

दक्षिण कोरिया । नेपाली फुटबल समुदायको एकता र विकासलाई लक्षित गर्दै नेपाल फुटबल महासंघ, दक्षिण कोरियाले “दोस्रो नेपाल सुपर कप २०२५” फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। “नेपाली फुटबलप्रेमीहरूको एकता र विकासको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिता आगामी नोभेम्बर १६, २०२५ आइतबारका दिन छल्लाबुक्दो प्रान्तको इक्सान शहरस्थित फुटबल मैदानमा सम्पन्न हुनेछ। आयोजक महासंघले कोरियामा रहेका सबै नेपाली फुटबल क्लबहरूलाई प्रतियोगितामा सहभागी हुन हार्दिक आह्वान गरेको छ। साथै, महिला खेलाडीहरूको उत्साहवर्धनका लागि “नेपाल महिला सुपर कप फुटसल प्रतियोगिता २०२५” समेत आयोजना गरिनेछ। महासंघका अनुसार दुवै प्रतियोगितामा विजयी टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। 

पुरुष तर्फ पहिलो हुने टिमले नगद ५०,००,००० वोनसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २५,००,००० वोनसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ। सेमीफाइनलिस्ट टोलीलाई ५,००,००० वोन, अनुशासित टिमलाई १,००,००० वोनसहित ट्रफी प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई १,५०,००० वोन, उत्कृष्ट गोलरक्षक, रक्षापंक्ति, मध्यपंक्ति, स्ट्राइकर, उच्च गोलकर्ता, उदयमान खेलाडी र प्रशिक्षकलाई जनही १,००,००० वोनसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। महिला तर्फ पहिलो पुरस्कार विजेताले १०,००,००० वोनसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो पुरस्कार विजेताले ५,००,००० वोनसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई जनही ५०,००० वोनसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। महिला टिमहरूको दर्ता निःशुल्क गरिएको आयोजकले जनाएको छ।

दर्ता प्रक्रिया अनुसार टिम दर्ताको अन्तिम मिति नोभेम्बर ८, २०२५ शनिबार तोकिएको छ भने खेल तालिका नोभेम्बर ९, २०२५ आइतबार प्रकाशित गरिनेछ। पुरुष टिमको दर्ता शुल्क ४,००,००० वोन निर्धारण गरिएको छ। प्रतियोगिता नोभेम्बर १६, २०२५ आइतबार इक्सान शहर, छल्लाबुक्दो प्रान्तमा सम्पन्न हुनेछ।

थप जानकारीका लागि ब्रो तमू, राज थापा, हेमन्त गुरुङ, मिन आले मगर, निरज जंग कार्की, बिधान राई, युमेस गुरुङ र डा. कमला ओली साउदसँग सम्पर्क गर्न सकिनेछ।

नेपाल फुटबल महासंघ, दक्षिण कोरियाले खेल, एकता र पहिचानको अभियानलाई सशक्त रूपमा अगाडि बढाउँदै प्रवासी नेपाली फुटबललाई अझ संगठित र ऊर्जाशील बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्