कोरियामा सम्पन्न GME Cricket Tournament 2025: पाकिस्तानको Quimpo Qualandar पहिलो

0
140

दक्षिण कोरियाको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा GME Cricket Tournament 2025 भव्यताका साथ सम्पन्न भएको छ। दक्षिण एशियाली समुदायबीच खेलमैत्री सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ आयोजित उक्त प्रतियोगितामा पाकिस्तान, बंगलादेश, नेपाल लगायतका देशका टिमहरूले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको पहिलो स्थान (1st Winner) पाकिस्तानको Quimpo Qualandar ले जित्न सफल भयो भने, दोस्रो स्थान (2nd Place) मा Bangla Fighters (बंगलादेश) रहे।
त्यसैगरी, उत्कृष्ट प्रदर्शनका आधारमा Best Player / Man of the Series को उपाधि बंगलादेशका Payal ले प्राप्त गरे । आयोजक GME Sports Korea का अनुसार, यस प्रतियोगिताले दक्षिण एशियाली समुदायबीचको एकता, मैत्री र खेलभावना लाई थप बलियो बनाएको छ। खेलप्रेमीहरूको ठूलो उपस्थितिसँगै सम्पन्न यो प्रतियोगिता कोरियामा बसोबास गर्ने दक्षिण एशियालीहरूका लागि गौरव र उत्साहको अवसर बनेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्