दक्षिण कोरिया । नेपालीहरूको महान् पर्व तिहार (शुभ दीपावली)को पावन अवसरमा सनातन साहित्य संगीत साधना समूह (पाँच–स), दक्षिण कोरियाले शुभकामना आदान–प्रदान तथा देउसी भैलो कार्यक्रम–२०८२ भव्य रूपमा आयोजना गर्ने भएको छ।
पूर्वीय सनातन धर्म, कला, संस्कार र नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको यस आध्यात्मिक संस्थाले कोरियामा रहेका नेपाली समुदायबीच सांस्कृतिक एकता, माया र सद्भाव सुदृढ गर्न प्रत्येक वर्ष विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
यस वर्षको देउसी भैलो कार्यक्रम **मिति २०२५ अक्टोबर २५ (शनिबार)का दिन आयोजना हुनेछ।
कार्यक्रमको पहिलो चरण आन्सान शहरमा दिउँसो १२:०० बजेदेखि, र दोस्रो चरण सुवन शहरमा साँझ ५:०० बजेदेखि सुरु हुनेछ।
आयोजक संस्थाले दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा सहभागी भई सांस्कृतिक झल्को, परम्परागत देउसी भैलोको रमाइलो र आपसी एकताको सन्देश फैलाउन हार्दिक निमन्त्रणाको साथ आह्वान गरेको छ।






