पर्वत समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन नोभेम्बर २३ मा सउलमा हुने

0
120

दक्षिण कोरिया — प्रवासी नेपालीहरूको साझा संस्था पर्वत समाज दक्षिण कोरियाले आफ्नो पाँचौं अधिवेशन आगामी नोभेम्बर २३ (आइतबार) का दिन आयोजना गर्ने भएको छ। अधिवेशन सउलस्थित नेपाल थाई रेस्टुरेन्ट सभा हलमा बिहान ११ बजेबाट सुरु हुनेछ । आजको आवश्यकता : प्रवासी पर्वतेहरूको एकता, समृद्ध समाज, समृद्ध पर्वत निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ हुने यो अधिवेशनमा समाजका पदाधिकारी, सदस्यहरू, सल्लाहकारहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समुदायका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहनेछ।

समाजका अध्यक्ष दिपक के.सी.का अनुसार अधिवेशनको सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको छ। अधिवेशनले संस्थाको आगामी कार्ययोजना, नीतिगत निर्णयहरू र प्रवासी पर्वतेबीचको एकता मजबुत पार्ने उद्देश्य बोकेको छ।

कार्यक्रमलाई सफल र गरिमामय बनाउन सम्पूर्ण सदस्य, शुभेच्छुक र प्रवासी पर्वतेहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको

आयोजक: पर्वत समाज, दक्षिण कोरिया मिति: २०२५ नोभेम्बर २३ (आइतबार) समय: बिहान ११ बजे स्थान: नेपाल थाई रेस्टुरेन्ट सभा हल, सउल

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्