ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा भीषण आगलागी, सबै उडान स्थगित

0
72
Screenshot

बङ्लादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो भीषण आगलागी भएको छ। विमानस्थलको कार्गो टर्मिनल क्षेत्रबाट सुरु भएको आगो तीव्र रूपमा फैलिँदा सम्पूर्ण उडान (आन्तरिक र अन्तर्राष्ट्रिय) तत्कालका लागि स्थगित गरिएको छ।

स्थानीय समय अनुसार करिब दिउँसो २:३० बजे आगलागी सुरु भएको र नियन्त्रणका लागि कम्तीमा ३६ वटा दमकल इकाइ परिचालित गरिएको बङ्लादेशका अधिकारीहरूले बताएका छन्। आगलागी नियन्त्रणका लागि सेना, प्रहरी, वायुसेना र अग्नि सेवा सबै संयुक्त रूपमा खटिएका छन्।

हालसम्म कुनै मानवीय क्षति भएको पुष्टि नभए पनि कार्गो भण्डारण क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेको अनुमान गरिएको छ। आगलागीको कारण भने अहिलेसम्म खुलासा गरिएको छैन।

आगोका कारण धेरै उडानहरू अन्य विमानस्थलहरूमा मोडिएका छन् भने यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्। अधिकारीहरूले विमानस्थलमा रहेका सबै विमानहरू सुरक्षित रहेको बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्