दक्षिण कोरिया, थेगु स्याङ्जा समाज थेगु शाखाले आउँदो फेब्रुअरी १६, २०२६ मा “अनाथ बालबालिकाको सहयोगार्थ प्रथम स्याङ्जा थेगु सांगीतिक धमाका” कार्यक्रम आयोजना गर्ने भएको छ।
यसअघि छुसक पर्वको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम विविध प्राविधिक कारणले स्थगित भएको भए पनि, अब फेब्रुअरीमा भव्य रूपमा सम्पन्न गरिने भएको आयोजक समितिले जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य कोरियामा कार्यरत नेपालीबीचको एकता, सद्भाव र सामाजिक जिम्मेवारीलाई सुदृढ बनाउने रहेको छ। “अनाथ बालबालिकाको सहयोगार्थ” समर्पित यस कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्र र स्याङ्जा परिवार किम्हे–बुसान शाखाले सह–आयोजनाको जिम्मेवारी लिएका छन्।
कार्यक्रममा विभिन्न प्रसिद्ध कलाकारहरूका प्रस्तुति, गीत–संगीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन्।
आयोजकले कोरियामा रहेका सम्पूर्ण संघ–संस्था, समाजका प्रतिनिधि तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई सामाजिक कार्यमा साथ दिँदै रमाइलो गर्न अनुरोध गरेको छ।






