पोखरा – गण्डकी प्रदेश समाज दक्षिण कोरिया र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि., पोखराबीच बिगतका बर्षहरुदेखि नै महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता अनुसार गण्डकी प्रदेश अन्तर्गतका सबै आजीवन तथा साधारण सदस्यहरू, गण्डकी रिटर्निज एशोसिएसनका सदस्यहरू तथा जिल्लागत नेपाली च्याप्टरका आजीवन र साधारण सदस्यहरूले मेडिप्लस अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्।
सम्झौता अनुसार, अस्पतालका प्रयोगशाला सेवाहरू — जस्तै सिटीस्क्यान, अल्ट्रासाउन्ड, एक्स-रे, इकोकार्डियोग्राफी, शल्यक्रिया प्रक्रियाहरू, र बेड शुल्कमा २० प्रतिशत छुट, फार्मेसी शुल्कमा ७ प्रतिशत छुट, साथै Whole Body Check-up सेवामा स्वयंका लागि ४० प्रतिशत र परिवारका लागि ३० प्रतिशत छुट प्रदान गरिनेछ।
यस सम्झौताबाट गण्डकी प्रदेशका सदस्यहरू र तिनका परिवारहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउने अपेक्षा गरिएको छ। समाजले प्रवासी नेपालीहरूको स्वास्थ्य सुरक्षाको दृष्टिले यो सम्झौतालाई एक महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
यसैबीच, गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको सहकार्यमा ‘गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम’ समेत सञ्चालन गर्दै आएको छ । मासिक रुपमा लाईभ मार्फत संचालन हुने कार्यक्रममा यसपटक परामर्शदाता डा. अच्युत आचार्य, कन्सल्टेन्ट साइकियाट्रिष्ट, मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टर, पोखराले मानसिक स्वास्थ्यसम्बन्धी महत्वपूर्ण सुझाव र परामर्श दिने भएका छन
कार्यक्रमको सञ्चालन समाजका संचार बिभाग प्रमुख गोविन्द बानियाँले गर्दै आएका छन भने, कार्यक्रममा गण्डकी प्रदेश समाजका पदाधिकारी, सदस्यहरू र नेपाली समुदायको उत्साहजनक सहभागिता हुँदै आएको छ ।






