ख्यङ्गि प्रान्त र नेपाली समुदायबीच विशेष छलफल कार्यक्रम, नाम दर्ता सुरु

0
118

दक्षिण कोरियाको ख्यङ्गि प्रान्त (Gyeonggi-do) मा नेपाली समुदाय र स्थानीय प्रशासनबीच एक विशेष छलफल कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आगामी २०२५ अक्टोबर १९ (आइतबार) का दिन दिउँसो १:३० बजे ख्यङ्गि प्रान्तको उत्तरी भेगस्थित सरकारी कार्यालय (경기도청 북부청사, 의정부시 청사로 1) मा सम्पन्न गरिनेछ।

ख्यङ्गि प्रान्तको आप्रवासी समाज ब्युरो (Immigrant Society Bureau) ले प्रवासी समुदायहरूको आवाज सरकारसम्म पुर्‍याउने, नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने, सामाजिक समावेशीकरणमा सक्रिय भूमिका खेल्ने, साथै आप्रवासीहरूको अनुभव, चुनौती र सम्भावनाहरूमा संवाद गर्ने उद्देश्यले विभिन्न आप्रवासी समुदायहरूसँग सहकार्य गर्दै आएको छ।

यसै सन्दर्भमा, उक्त ब्युरोले नेपाली समुदायसँग विशेष छलफल कार्यक्रम आयोजना गर्न लागेको हो। आयोजक समितिले जानकारी दिएको अनुसार, कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण महानुभावहरूले आफ्नो पूरा नाम अक्टोबर १५ तारिखसम्ममा दर्ता गराइसक्नुपर्नेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्