AKS Sports Collection South Korea द्वारा आयोजित “दशैं & 추석 BADMINTON CHAMPIONSHIP 2025” भव्यताका साथ सम्पन्न

0
494

दक्षिण कोरियामा AKS Sports Collection द्वारा आयोजित “दशैं & 추석 BADMINTON CHAMPIONSHIP 2025” को भव्य तथा सभ्य समापन सफलतापूर्वक सम्पन्न भएको छ।

आयोजक संस्थाले यस ऐतिहासिक प्रतियोगितालाई सफलता दिलाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउने सम्पूर्ण महानुभावहरू प्रति हृदयदेखि आभार प्रकट गरेको छ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले देखाएको उत्कृष्ट खेल भावना, अनुशासन, समर्पण र मैत्रीभावले यस आयोजनालाई खेलकुदमात्र नभई एकता, सम्मान र संस्कृतिको सन्देश वाहक बनाएको आयोजक संस्थाले जनाएको छ।

विजेता टिमहरू
Level A प्रथम स्थान: नवीन कार्की र बच्चन सेन द्वितीय स्थान: सुरज लवाती र सूर्य थुलुङ राई तृतीय स्थान: कमल कोइराला र सबिन कार्की / ग्याल्जेन शेर्पा र नरेन नेङवाङ
Level B प्रथम स्थान: भाला तामाङ र सूर्य थापा मगर द्वितीय स्थान: तेज आले मगर र सुमन लवाती तृतीय स्थान: प्रशान्त पुन र अजय भारती / नवीन लिम्बु र दिपेन्द्र लवाती
Level C प्रथम स्थान: हिमाल थापा र राजेन्द्र कार्की द्वितीय स्थान: नवराज खाड र सिद्धार्थ केसी तृतीय स्थान: कृष्ण मगर र सोहन सुब्बा / कृष्ण शाही ठकुरी र कृष्ण मगर
लेभल प्रोमोशनमा बधाई प्रतियोगिताको प्रावधानअनुसार Level C का प्रथम र द्वितीय स्थान हासिल गर्न सफल
👉 हिमाल थापा/राजेन्द्र कार्की र नवराज खाड/सिद्धार्थ केसी लाई Level B मा
र Level B का विजेता टिम भाला तामाङ र सूर्य थापा मगर लाई Level A मा प्रवेश प्राप्त भएकोमा आयोजकले हार्दिक बधाई तथा आगामी खेलजीवनको शुभकामना व्यक्त गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्