दक्षिण कोरिया श्रमको सम्मान र एकताको भावनाका साथ “हर्क साम्पाङ रेवुलेसन” अन्तर्गत पहिलो पटक श्रमिक संगठन निर्माण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा टाढा–टाढाबाट आएका नेपाली श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सबैले “हामी जुट्नेछौं, हामी उठ्नेछौं, श्रमको पसिना बगाउनेछौं” भन्ने नारा साथ एकताको दृढ प्रतिबद्धता जनाए।यस अवसरमा नव–निर्मित कार्यसमितिको पनि घोषणा गरिएको छ। अध्यक्ष: चन्द्रहाङ राई वरिष्ठ उपाध्यक्ष: सुवास चन्द्र योङहाङ उपाध्यक्षहरू: प्रदीप राई, भीषण चेम्जोङ सचिव: दित्सन राई सह–सचिव: दुर्गा चेम्जोङ कोषाध्यक्ष: सकुन्तला राई
सह–कोषाध्यक्ष: सुनिल साम्पाङ राई प्रवक्ता: हेम बा आले सदस्यहरू: भवानी विक्रम नेम्बाङ, चन्द्र प्रसाद राई, मोहन कुमार राई, मिङमा छेदन, सम्भु साम्पाङ राई, विधान राई, खगेन्द्र सम्भाफे, सन्तोष राई, सगेन लिम्बु, विजय सागर सुब्बा, नरेन्द्र शेर्मा, विवेक लिम्बु
पहिलो पटक आयोजना गरिएको यस कार्यक्रमले अपेक्षाभन्दा बढी उपस्थितिलाई समेट्न सफल भएको आयोजकले जनाएका छन्। हल सानो परे पनि उपस्थित श्रमिकहरूको उत्साह, जोश र एकता कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो। संगठनका प्रतिनिधिहरूले भने “हामी जात, धर्म, भाषा वा संस्कृतिको भेदभाव बिना सबै नेपालीहरूलाई एउटै माला जस्तै एकतामा बाँध्ने पक्षमा छौं। सुखी र समृद्ध नेपाल निर्माणका लागि हामी काधमा काध मिलाएर अघि बढ्नेछौं।”






