सोल, दक्षिण कोरिया — मोना (Motherland Nepal Association) दक्षिण कोरियाको १५औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट दिनेश कार्की अध्यक्षमा निर्वाचित भएका छन्।
नव–निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश बोगटी, उपाध्यक्षमा राहुल छन्त्याल, महासचिवमा प्रेम भण्डारी, सचिवमा अंकित पुन मगर, र कोषाध्यक्षमा भगवान कार्की चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा राजेन्द्र शाही, आर्यन खड्का, प्रदिप बानिया, अर्जुन भण्डारी, कविता पुन, गंगा पुन, चन्दा घर्ति मगर, मनु पुर्जा, र रमेश कार्की रहेका छन्।
नव–निर्वाचित अध्यक्ष दिनेश कार्कीले सबैको साथ र सहयोगका लागि आभार व्यक्त गर्दै संगठनलाई अझ सशक्त र एकीकृत बनाउने प्रतिबद्धता जनाएका छन्।






