टोकियो, जापान।जापानमा म्याग्दी जिल्लाका एक नेपाली युवाको हत्या भएको छ। म्याग्दी जिल्ला घर भई पोखरामा बस्दै आएका २२ वर्षीय बादल छन्त्यालको हत्या जापानी महिलाले गरेको प्रारम्भिक जानकारी प्राप्त भएको हो।
स्थानीय प्रहरीका अनुसार, बादल छन्त्याल र करिब ३० वर्षकी जापानी युवतीबीच लामो समयदेखि चिनाजानी रहेको र उनीहरू अन्तिम पटक भेट्नका लागि होटल गएका थिए। सोही होटलमा बादल मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे अनुसन्धान चलिरहेको जापानी प्रहरीले उक्त युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। आइतवार बिहान करिब ४:३० बजे बादल मृत अवस्थामा फेला परेका थिए।
मृतक बादल करिब नौ वर्षदेखि जापानमा रहँदै आएका थिए। उनको परिवार म्याग्दीमा बस्दै आएको र उनका पिता हाल साउदी अरबमा कार्यरत रहेको बुझिएको छ।






