२०२५ अक्टोबर ४, शनिबार — दक्षिण कोरियाको नमस्ते रेस्टुरेन्टको सभाहलमा काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको आठौँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट सुष्मा थापाज्यूको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
नव–निर्वाचित कार्यसमितिमा निम्न पदाधिकारीहरू अध्यक्ष: सुष्मा थापाबरिष्ठ उपाध्यक्ष: हिमाल स्याङ्तान तामाङउपाध्यक्षहरू: नारायण घिमिरे, सुजन सापकोटा महिला उपाध्यक्ष: सबिना तामाङ (सयरा तामाङ)सचिव: राजेन्द्र प्रधान सह–सचिव: राजेन्द्र लोप्चन कोषाध्यक्ष: सन्दिप थिङ सह–कोषाध्यक्ष: निकिता थापा सदस्यहरू: सागर तामाङ, भिमसेन वाइवा, सुरज काफ्ले, सुमन पराजुली, दिपेश लामा, प्रितम लामा
नयाँ कार्यसमितिलाई सम्पूर्ण सदस्य तथा उपस्थित अतिथिहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।






