छुसक र दशैंको अवसरमा सियोलमा पाँचथर सांगीतिक सौगात–२

0
124

कोरियाली महान् पर्व छुसक तथा नेपाली महान् चाड विजयादशमी–२०८२ को पावन अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले सगौरव प्रस्तुत गर्ने सांगीतिक कार्यक्रम “पाँचथर सांगीतिक सौगात भाग–२” आगामी अक्टोबर ५, आइतबार सियोलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON) मा आयोजना हुने भएको छ। दिउँसो २ बजेदेखि सुरु हुने यो कार्यक्रम बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार सुजन चापागाईं र द इन्फिनिटीले विशेष प्रस्तुति दिनेछन् भने भ्वाइस अफ नेपाल सिजन ५ का फाइनलिस्ट नोगेन लिम्बु, भ्वाइस अफ नेपाल २०१८ की श्रेया राई, मन्दिरा नेम्बाङ, योजना राई, मुस्कान मुकारुङ, मिथुन तुम्बापो लगायतका गायक गायिकाले सांगीतिक प्रस्तुति दिनेछन्। नृत्य प्रस्तुतिमा दीया खड्का, मोनिका राई, जीजी ग्रुप र सनराइज ग्रुपले आकर्षक प्रस्तुति प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यस सांगीतिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपाली समुदाय, संघ संस्था तथा व्यक्तिहरूलाई उपस्थित भइ शोभा बढाइदिन आयोजकले हार्दिक निमन्त्रण गरेको छ। ग्रामीण क्षेत्रको शिक्षामा सहयोग पुर्‍याउने र आपतकालीन राहत कोष अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

दोंगदेमुनबाट कार्यक्रम स्थलसम्म बसको विशेष व्यवस्था गरिएको छ भने टिकट संख्या सिमित भएकाले अग्रिम बुकिङ गर्न आयोजकले आग्रह गरेको छ। टिकट बुकिङका लागि 010-4249-4188 मा सम्पर्क गर्न सकिनेछ।

पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको यस कार्यक्रमको सहजीकरण नेपाली सम्पर्क समिति दक्षिण कोरियाले गरेको छ भने पूर्वी नेपाल समाज, कोरियाले समन्वय गर्ने जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्