सोल – दक्षिण कोरियामा रहेका खोटाङवासीहरूले गठन गरेको खोटाङ सेवा–समाज दक्षिण कोरियाले आफ्नो २०औँ अधिवेशन समारोह भव्यतापूर्वक आयोजना गर्ने भएको छ।
आगामी २८ सेप्टेम्बर २०२५ आइतबारका दिन बिहान ११:०० बजे, सिओलको 서울시 종로구 창신길 51, 5층 MG 새마을금고, 동대문역 LINE 1, EXIT 1 हुने अधिवेशनमा कोरियामा बसोबास गर्ने सम्पूर्ण खोटाङे दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
सामाजिक, सांस्कृतिक र भौगोलिक दूरीलाई नजिक्याउने उद्देश्यले सञ्चालन हुँदै आएको यस संस्थाले विगत दुई दशकदेखि कोरियामा रहेका खोटाङवासीहरूलाई एउटै मञ्चमा ल्याउने कार्य गर्दै आएको छ।
कार्यक्रमलाई भव्य र सफल बनाउन समाजले तयारी तीव्र पारेको जनाएको छ।






