काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा GME Remittance ले “TIKTOK Festive Event” सुरु गरेको छ। कम्पनीले जानकारी दिएको अनुसार सहभागीहरुले चाडपर्वसँग सम्बन्धित गीतमा भिडियो बनाएर TikTok मा राख्न सक्नेछन्। भिडियोमा GME ले उपलब्ध गराएको विशेष Frame राख्नुपर्नेछ र सबैभन्दा बढी “Likes” पाउने भिडियोलाई विजेता घोषणा गरिनेछ।
GME ले जनाएको छ कि विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। पहिलो हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन्। सहभागीहरुले GME को TikTok खाता @gmeremittancenepal लाई Follow गर्नुपर्नेछ। साथै #GMEFestiveEvent र #GMERemittance Hashtag प्रयोग गर्नुका साथै भिडियोलाई Public मोडमा राख्नुपर्नेछ। GME को आधिकारिक Facebook Page बाट उपलब्ध Frame अनिवार्य प्रयोग गर्नुपर्ने पनि जानकारी दिइएको छ।
कम्पनीका अनुसार अनावश्यक, असम्बन्धित वा नियम उल्लंघन गर्ने भिडियो प्रतियोगितामा समावेश गरिने छैन। यो प्रतियोगिता 2025 सेप्टेम्बर 19 देखि अक्टोबर महिनासम्म सञ्चालन हुने जानकारी समेत GME ले दिएको छ।






