किरात राई यायोक्खा, दक्षिण कोरियाको १३औँ महाधिवेशन सेप्टेम्बर १४ मा हुने

0
224

सिओल – किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३औँ महाधिवेशन आउँदो १४ सेप्टेम्बर २०२५ आइतबार सिओलस्थित 종로구 창신길 51, 5층, MG새마을금고 हलमा गर्ने भएको छ।

दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिन लागेको यस महाधिवेशनमा संस्थाको अघिल्ला कार्यकालको प्रतिवेदन, गतिविधि मूल्याङ्कन, नयाँ नेतृत्व चयन लगायतका विषयमा छलफल गरिने बताइएको छ। साथै, कोरियामा रहेका विभिन्न शाखा समिति तथा सदस्यहरूको सहभागितामार्फत संस्थाको आगामी दिशा–निर्देशन तय गरिनेछ।

सन् २००१ मा स्थापना भएको किरात राई यायोक्खा दक्षिण कोरिया, प्रवासी राई समुदायको सामाजिक, सांस्कृतिक र भाषिक पहिचान संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको छ। संस्थाले कोरियामा रहेका नेपालीहरूको हकहित संरक्षण, आपसी सहयोग र सामुदायिक एकतालाई बलियो बनाउँदै आएको छ।

आयोजक समितिले महाधिवेशनलाई ऐतिहासिक, भव्य र सफल बनाउन सम्पूर्ण कोरियावासी नेपाली महानुभावहरूको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्