नवलपुर समाज, दक्षिण कोरियाले 경기도 प्रान्तको 평택 शहरमा स्थापना गरेको नवलपुर सेल्टरको ऐतिहासिक उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा समाजले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग पुर्याउने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
नवलपुर सेल्टरको परिकल्पना, संरक्षण र व्यवस्थापनमा निरन्तर योगदान पुर्याउँदै समाजलाई गर्वको अनुभूति दिलाउने अवसर उपलब्ध गराउनुभएका संस्थाका संरक्षक आदरणीय सुजन श्रेष्ठलाई समाजले विशेष सम्मान र धन्यवाद व्यक्त गरेको छ। उहाँको अथक परिश्रम, दूरदृष्टि र समर्पणकै कारण यो सेवा मूर्त रूप लिन सफल भएको समाजको विश्वास छ।
यस अवसरमा संस्थामा संरक्षक, सल्लाहकारको भूमिका ग्रहण गर्ने, आजीवन सदस्यता लिने तथा सम्मानित हुने सम्पूर्णलाई समाजले हार्दिक बधाई र शुभकामना प्रकट गरेको छ। साथै, नवलपुर सेल्टरबाट नवलपुरबासी मात्र नभई सम्पूर्ण समस्यामा परेका नेपालीहरू लाभान्वित हुने र यसले परदेशमा नेपाली समुदायको सामाजिक सुरक्षामा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरिएको छ।
समाजले यस ऐतिहासिक कार्यमा अहोरात्र खटिएका सहयोगी र शुभेच्छुकहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर सामाजिक सेवामा हात अगाडि बढाइरहने प्रतिबद्धता जनाएको छ।







