कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाको तेस्रो अधिवेशन सम्पन्न

0
252

किम्हेस्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाले आफ्नो तेस्रो अधिवेशन भव्यतापूर्वक सम्पन्न गरेको छ। ख्याङ्साङ–बुसान क्षेत्रका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, अगुवाहरू र समुदायजनहरूको उल्लेख्य उपस्थिति रहेको अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार अध्यक्षमा रमेश थापा, उपाध्यक्षमा सिता बि.क. (अर्का उपाध्यक्ष कार्यसमितिबाट मनोनित हुने), सचिवमा सन्जिव बराल, सह–सचिवमा सूर्य मोहन खनाल, कोषाध्यक्षमा टेक प्रसाद दाहाल, सह–कोषाध्यक्षमा कल्पना काफ्ले निर्वाचित भए। सदस्यहरूमा कल्पना अधिकारी, बिनिस थापा मगर, रबिन्द्र थापा, चिन्तामणि सुवेदी, राजेन्द्र परियार, ॐ भण्डारी, आदिति खड्का र अमर बि.क. चयन भए।

अधिवेशनले दोस्रो कार्यकाल सफलतापूर्वक पूरा गरेका निवर्तमान अध्यक्ष टेकनाथ बराल र सम्पूर्ण कार्यसमितिप्रति आभार प्रकट गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरेको छ।

नवनिर्वाचित अध्यक्ष रमेश थापा सहित सम्पूर्ण पदाधिकारीलाई उपस्थित अतिथिहरूले हार्दिक बधाई दिँदै आगामी कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

“सङ्गठित समूह नै परदेशको सहारा हो” भन्ने नारालाई आत्मसात गर्दै नयाँ नेतृत्वले समुदायको हितमा अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोजकहरूले जनाएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्