कोरियामा ‘सेतीमादी सांगीतिक सोगत’ हुने

0
154

दक्षिण कोरिया । तनहुँ समाज, दक्षिण कोरियाले कोरियन महान् चाड छुसकको अवसरमा “सेतीमादी सांगीतिक सोगत” कार्यक्रम गर्ने भएको छ।

आगामी अक्टोबर ४, २०२५ शनिबार, सउलस्थित 종로구 대학로 (Jongno-gu Daehak-ro) मा उक्त भव्य सांगीतिक कार्यक्रम आयोजना गरिने समाजले जनाएको छ।

समाजका अध्यक्ष खेम मगरका अनुसार परदेशी भूमिमा आपसी सहयोग, सद्भाव र एकता कायम गर्दै कला, संस्कृति तथा मनोरञ्जनमार्फत प्रवासी नेपालीहरूलाई एक आपसमा जोड्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाली कलाकारहरूको प्रस्तुति रहने र दक्षिण कोरियामा रहेका नेपाली समुदायले रमाइलो गर्ने अवसर पाउने अध्यक्ष मगरले जानकारी दिए।

तनहुँ समाज, दक्षिण कोरियाले यसअघि पनि विभिन्न सामाजिक, सांस्कृतिक र मानवीय गतिविधिहरू गर्दै आएको छ। अध्यक्ष मगरले आगामी दिनमा पनि समाजले प्रवासी नेपालीहरूलाई सहयोग र मनोरञ्जनका माध्यमबाट एकताबद्ध बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्