नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले सन् २०२५ का लागि हुने कोरियन भाषा परीक्षा (EPS–TOPIK, UBT) सम्बन्धी नयाँ सूचना प्रकाशित गरेको छ।
शाखाले प्राविधिक कारणले प्रवेश पत्र (Admit Card) डाउनलोड गर्न नसकेका वा नाम, अक्षर त्रुटि भएका परीक्षार्थीलाई पुनः आफ्नो User Profile मा लगइन गरेर Admit Card डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।
अनलाइन शुल्क तिर्ने क्रममा दोहोरो भुक्तानी भएको घटनाबारे पनि शाखाले स्पष्ट पार्दै यस्ता परीक्षार्थीले प्रमाणित कागजातसहित सात दिनभित्र निवेदन दिनुपर्ने जनाएको छ। तोकिएको समयसीमा भित्र निवेदन नआएमा रकम फिर्ता नहुने चेतावनी दिइएको छ।
शाखाले परीक्षार्थीलाई आफ्नो भुक्तानी विवरण तुरुन्तै जाँच गरी आवश्यक परेमा बैंक भाउचर, ट्रान्जेक्सन रेफरेन्स जस्ता प्रमाण सहित निवेदन दर्ता गर्न अनुरोध गरेको छ।
यस वर्षको EPS–TOPIK परीक्षा नेपालमा साउन २६ गतेदेखि ३१ गतेसम्म अर्थात् अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुने कार्यक्रम तय भएको छ।






