कोरियाका विभिन्न शहरहरूमा गर्दै लैजाने योजना सहित MRR TEAM KOREA द्वारा भजन–कीर्तनको सुरुवात

0
174

दक्षिण कोरिया – धर्म, संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले MRR TEAM KOREA द्वारा भजन–कीर्तन कार्यक्रमको आयोजना गरिएको छ। पहिलो कार्यक्रम आगामी सेप्टेम्बर ६ (शनिबार) का दिन सुवनस्थित उरि हिमालयन सभाहल (Suwon Station Exit 7 and 11) मा साँझ ७:३० बजेदेखि राति १० बजे सम्म हुने आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रममा कृष्ण भक्ति र शिव आराधना प्रस्तुत गरिनेछ भने सहभागीको भक्तिभावपूर्ण उपस्थिति यसलाई अझै सफल बनाउन महत्वपूर्ण हुने आयोजकको विश्वास छ।

नेपालमा पनि MRR ले कला, संस्कृतिको संरक्षण गर्ने हेतुले निरन्तर भजन–कीर्तन गर्दै आएको छ। त्यसै परम्परालाई निरन्तरता दिने उद्देश्यले अब यसलाई दक्षिण कोरियामा पनि अघि बढाउन लागिएको आयोजकहरूले बताएका छन्।

MRR TEAM KOREA का सम्पर्क प्रतिनिधिहरू सुजन उप्रेति 01084623237 भुमिराज भुसाल 01085599204 र केदार गौतम 01057085532 ले सुवनबाट सुरु भए पनि यस किसिमका भजन–कीर्तन कार्यक्रमहरूलाई कोरियाका विभिन्न शहरहरूमा विस्तार गर्दै लैजाने योजना रहेको बताएका छन्। उनीहरूको भनाइअनुसार, आगामी दिनमा वैजम्भु मन्दिर र आन्शानस्थित मन्दिर लगायत कोरियाका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिनेछ।

आयोजकले नेपाली समुदायलाई समयमै उपस्थित भई धर्म संस्कृतिको जगेर्नामा सहभागी आग्रह गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्