TASHIDELEK NIGHT Dance Party 2025 को आधिकारिक पोस्टर सार्वजनिक

0
519

सिओल, दक्षिण कोरिया – गोलोव गाईज् दक्षिण कोरियाको दशौँ वार्षिकोत्सवको अवसर पारेर आगामी अक्टोबर ७ तारिखमा आयोजना हुन लागेको TASHIDELEK NIGHT Dance Party 2025 को आधिकारिक पोस्टर आइतबार (2025 अगस्त 24) का दिन सार्वजनिक गरिएको छ।

सार्वजनिक कार्यक्रम सिओलको दोङदेमुनस्थित निक नेपाल ट्राभलको हलमा संखुवा सभा सम्पर्क परिवारको सहजकर्तामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वी नेपाल समाज दक्षिण कोरियामा आबद्ध २ वटा जातीय संस्था र १४ वटा जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष श्री केदार निरौला रहनुभएको थियो भने सभा अध्यक्ष संस्थाका वरिष्ठ सल्लाहकार श्री निमा थिकेपा हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन सचिव पेक्मा थिकेपाले गर्नुभएको थियो।

यस अवसरमा संस्थाका वर्तमान अध्यक्ष श्री मिक्मा रिदार लामाले संस्थाको स्थापना (२०१५) देखि हालसम्मका सामाजिक कार्यहरूको प्रष्ट विवरण प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा जम्मा रू. २६,०७,७११ (छब्बीस लाख सात हजार सात सय एघार रुपैयाँ) बराबरको समाजसेवा गरिएको जानकारी दिनुभयो। साथै TASHIDELEK NIGHT आयोजना गर्नुको कारण र उद्देश्य पनि स्पष्ट पार्नुभयो।

प्रमुख अतिथि श्री निरौलाले गोलोव गाईज् संस्थाले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले अघि सारेका सामाजिक अभियन्ताहरूमा सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अन्त्यमा कार्यक्रम अध्यक्ष श्री निमा थिकेपाले सम्पूर्ण सहभागी, संघ–संस्था तथा कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको साथ र समर्थन आवश्यक छ भन्ने आग्रहसहित कार्यक्रम समापन गर्नुभयो।

अन्त्यमा आधिकारिक पोस्टर सार्वजनिक गरिएको अवसरमा उपस्थित सबैले TASHIDELEK NIGHT Dance Party 2025 को सामूहिक फोटो खिचेका थिए।

✍️ धोम्बु नुप्पा (पोष्ट प्रोडक्सन संयोजक)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्