दक्षिण कोरियाको राजधानी सउलमा गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) दक्षिण कोरियाले आज एक भौतिक र भर्चुवल समारोहका विच एनआरएनए श्रमिक-विध्यार्थि हेल्प डेष्क समुदघाटन सम्पन्न गरेको छ ।
गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( NRNA-NCC) दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता सुरु भएको कार्यक्रममा प्रमुख अथितिको रुपमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय सरद सिंह भण्डारी भर्चुवल रुपमा हुनुहुन्थो भने विशिष्ट अथितिको रुपमा एनआरएनए ICC का अध्यक्ष श्री महेश श्रेष्ठ ज्यू भर्चुवल रुपमा सहभागी हुनुहुन्थो । त्यस्तै प्रत्यक्ष रुपमा NRNA-ICC का पुर्व अध्यक्ष तथा एनआरएनए एकता उच्चस्तरीय समितिका पुर्व सदस्य विनोद कुवर विशेष अथितिको रुपमा सहभागि रहनुभयो ।
सातसाथै कोरिया स्थित विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधि,राजनैतिक दल,पत्रकार,विध्यार्थि,श्रमिक लगायत कोरियामा रहनुभएका अन्य नेपाली समुदायको भव्य उपस्थिति रह्यो ।
दक्षिण कोरियामा पछिल्लो समय नेपाली श्रमिक र विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ, र उनीहरूले भोग्नु परेका समस्या पनि विकराल रूप लिन थालेको सन्दर्भमा, उक्त समस्याहरू केही हदसम्म समाधान र न्युनिकरण गर्न यो हेल्प डेस्कको विधिवत् सुरुवात गरिएको हो ।
हेल्प डेस्कमार्फत श्रमिक तथा विद्यार्थीहरूले भोगेका भाषागत समस्या, कानुनी जटिलता, स्वास्थ्यसम्बन्धी विषयहरू, कम्पनीभित्रको विभेद, कम्पनी दुर्घटना, भिसा, अध्ययन र करियरसम्बन्धी परामर्शहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । साथै, अन्य कानुनी प्रक्रिया र आवाज उठाउनुपर्ने विषयहरूमा पनि डेस्कले आवश्यक सहायता प्रदान गर्नेछ।
समुदघाटन समारोहमा बोल्दै NRNA-ICC अध्यक्ष श्री महेश श्रेष्ठ ज्यूले एनआरएनएले गर्नुपर्ने वास्तविक काम एनआरएनए दक्षिण कोरियाले सुरुवात गरेको विषय उठान गर्दै एनआरएनए ICC को तर्फ बाट हुन सक्ने सबै प्रकारका सहयोग रहने स्पस्ट पार्नुभयो । साथै श्रम मन्त्रालय,परराष्ट्र मन्त्रालय संग सहकार्य गरेर वान डोर माध्यम बाट मन्त्रालयले तयार गरेको श्रम संसार पोर्टल लाई प्रयोग गरेर यसलाई बिषेश र फराकिलो ढंगले काम गर्न NRNA-ICC अगाडि बढिरहेको पनि जानकारी दिनुभयो । एनआरएनए भित्रको विभाजन,अन्यौल्ता र केहि कानुनि कुराहरु अब सम्मानित शर्वोच्च अदालतले चाडै टुङगाउने र अगष्ट्रको अन्तिममा अदालतले पेश्शि तोकेको पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रमुख अथितिको रुपमा जोडिनुभएका नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि सरद सिंह भण्डारीले एनआरएनए दक्षिण कोरियाले सरकारले गर्नुपर्ने काम गरेकोमा उच्च प्रशंसा व्यक्त गर्नुभयो । यस्ता रचनात्मक र सृजनात्मक काममा नेपाल सरकार र श्रम मन्त्रालय सहयोग र सहकार्य गर्न तप्पर रहेको पनि जानकारी दिनुभयो । साथै विदेशमा हुने श्रमिक लाई सुचना प्राणिमा एकरुपता र सहज होस भनेर `श्रम संसार ´डिजिटल पोटल बनाएको पनि स्पस्ट पार्नुभयो । साथै यो काम एनआरएनए ICC अध्यक्ष महेश श्रष्ठ संग संग सहकार्य गरेर खाडि मुलुक बाट कार्य अगाडि बढेको र तत्काल अरु देशमा पनि अगाडि बढाउने जानकारी दिनुभयो ।
कार्यक्रमको अन्तिममा बोल्दै समुदघाटन समारोहका सभापति तथा गैर-आवासिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङले उपस्थिति सबै पहुनालाई धन्यवाद ज्ञापन गर्दै NRNA दक्षिण कोरियाले पवित्र सेवा भावका साथ एनआरएनए श्रमिक-विध्यार्थि हेल्प डेष्क सञ्चालमा ल्याएको स्पस्ट पार्नुभयो । अब एनआरएनए पतिंले कुरा भन्दा काम गर्नुपर्ने भएकाले आफुहरु काममा खटिएको कुरा पनि राख्नुभयो । हेल्प डेष्क अनौपचारिक सुरुवात भएको केहि दिन अगाडि बाट नै हेल्प डेस्कमा दुई दर्जन भन्दा बढि श्रमिक विध्यार्थिका विभिन्न समस्या आएको र त्यसको सुनुवाइ र समाधानको लागि निरन्तर प्रयास भएको र केहि समस्या समाधान भएको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष जित कुवर सञ्चालन संघका महासचिव अजय सोडारीले गरेका थिय ।
Ajay
एनआरएनए दक्षिण कोरिया द्वारा संरक्षक, सल्लाहकार तथा रिक्त पदमा पदपूर्ति
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले मिति 2025-08-24 मा सम्पन्न सातौं पूर्ण बैठकको महत्वपूर्ण निर्णयअनुसार संगठनको नेतृत्व संरचना सुदृढ गर्दै आगामी 2025–27 कार्यकालका लागि संरक्षक, वरिष्ठ सल्लाहकार, सल्लाहकार तथा कार्यसमितिका रिक्त पदहरूमा पदपूर्ति गरेको छ।
संघको विधान धारा 13 उपधारा 7 अनुसार संरक्षक धारा 13 उपधारा 6 बमोजिम वरिष्ठ सल्लाहकार र सल्लाहकार र धारा 18 को उपधारा 2:3 बमोजिम संघको महिला उपाध्यक्ष र सदस्य पदपुर्ति गरिएकोहो ।
संरक्षकमा डा• प्रकाश धमालार लक्ष्मी लामा गुरुङ वरिष्ठ सल्लाहकारमा जीवन खतिवडा गिरिराज कुवंर , डा•अग्नि राज कोइराला र सल्लाहकारमा गम्भिर श्रेष्ठ नियुक्ति भएका छन्।
कार्यसमितिको रिक्त पदहरूमा महिला उपाध्यक्षमा हेमलता शर्मा र सदस्यमा ओम प्रकाश पुन नियुक्ति गरिएको छ।
संघले प्रत्येक व्यक्तिको समाज, समुदाय र एनआरएनए अभियानप्रति पुर्याएको योगदान र सक्रियतालाई नजिकबाट मूल्याङ्कन गर्दै नियुक्ति गरेको जनाएको छ। नयाँ नियुक्तिहरूको अनुभव, दृष्टिकोण र मार्गदर्शनले संघको कार्यसञ्चालन अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी र सशक्त बनाउने विश्वास गरिएको छ।
महासचिव अजय सोडारी का अनुसार, “हाम्रो संघले विगतमा योगदान पुर्याएका सबै व्यक्तिहरूको सक्रियता र नेतृत्व क्षमतालाई उच्च सम्मानका साथ मूल्याङ्कन गरी गरिमामय पदमा नियुक्ति गरेको हो। नयाँ नियुक्तिहरूले संघलाई आगामी कार्यकालमा नयाँ उचाइमा पुर्याउनेछन्।”
नयाँ नियुक्त पदाधिकारीहरूले आगामी कार्यकालमा संघका दीर्घकालीन योजना र कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्दै गैरआवासीय नेपाली समुदायको हितमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।






