तमू धीं दक्षिण कोरियाको ११औं महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

0
150

बोम्जन गुरुङ दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको एघारौं केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुनको सेमाउल बैंकको सभा हलमा अगष्ट २४ तारिक सम्पन्न सो महाधिवेशनबाट तेज गुरुङ अध्यक्ष रहने गरि १९ सदस्यीय संरचनाको एघारौं कार्यसमिति गठन भएको हो । 

संस्थाका केन्द्रीय अध्यक्ष रुपा गुरुङको सभाध्यक्ष र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । संस्थाका केन्द्रीय तेज गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका महासचिव वाईबि गुरुङले प्रगति विवरण र कोषाध्यक्ष नरेन्द्र गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विशन राईले हरेक जनजाती संघ संस्थाले परदेशी भूमिमा आफ्नो जातीय अस्तित्व संरक्षण र सम्बर्द्धन गर्दै जातीय हकहितका लागि आवाज बुलन्द पार्नुपर्ने आवश्यकता औँल्याउँदै तमू धींले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भमा प्रशंसा गरे । संस्थाले आयोजना गर्ने सामाजिक कार्य र तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा अधिवेशन अवधिसम्म टेवा पुर्याउने सहयोगी संघसंस्था र व्यक्तित्वहरुमा केन्द्रीय अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष रुपा गुरुङले धन्यवाद व्यक्त गरेका थिए । 

विशेष अतिथिको रुपमा उपस्थित संस्थाका केन्द्रीय संरक्षक परिषद् प्रमुख भिम गुरुङ, कोरिया NRNA ICC महिला उपाध्यक्ष जुनु गुरुङ, NRNA, South Korea, अध्यक्ष बिपिन कुमार गुरुङ, NRNA, South Korea, अध्यक्ष पार्वती मोक्तान र सोही संस्थाका निवर्तमान अध्यक्ष बुद्धि गुरुङ, नेपाली सम्पर्क समितिका प्रतिनिधि हर्क विष्ट, नेपाल पत्रकार महासंघ कार्यवाहक अध्यक्ष सन्तोष खड्‌का, जनजाति पत्रकार महासंघका कार्यवाहक अध्यक्ष उत्तम खजुम, नेपाल बौद्ध परिवारका अध्यक्ष थुतुङ्ग गेल्जी शेर्पा, तमु धीं केन्द्रीय निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार लेसन गुरुङ, तमु धीं थेगु शाखाका अध्यक्ष मदन गुरुङ, तमू धीं बूसान शाखाका अध्यक्ष प्रवेश गुरुङ र सोही संस्थाका निवर्तमान अध्यक्ष गीतासिंह गुरुङ, जातीय संस्थाहरु अन्तर्गत किराँत याक्थुङ चुम्लुङका अध्यक्ष विनोद सौदेन लिम्बु, नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष राजकुमार स्याङ्‌तान, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष अन्जन थापा मगर, किराँत राई यायोख्खाका अध्यक्ष पुरन याङ्फु, शेर्पा संघका अध्यक्ष दोर्ची शेर्पा, थारु कल्याणकारिणी सभाका अध्यक्ष शिव महतो थारु, गण्डकी प्रदेशका अध्यक्ष नर कुमार गुरुङ, प्रवासी नेपाली एकता मञ्चकाअध्यक्ष शुभराज बोम्जन, नेपाली जनप्रगतिशिल मञ्चका (मावोबादी)अध्यक्ष जीवन खतिवडा लगायत अन्य क्षेत्रीय संस्थाका व्यक्तित्वहरु विशेष अतिथि र अतिथिको रुपमा उपस्थित थिए । उल्लेख्य उपस्थिति रहेको सो समारोहमा तमू धींको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत लेसन गुरुङको संयोजकत्वमा खोम प्रसाद गुरुङ, प्रितम गुरुङ, जुनु गुरुङ र सन्तोष गुरुङ सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा तेज गुरुङ, वरिष्ठ उपाध्यक्ष वाईबि गुरुङ, उपाध्यक्षहरुमा सबनम गुरुङ, सरोज गुरुङ, रेशम लाल गुरुङ र जमन सिंह गुरुङ चयन भएका छन् भने महासचिवमा सुनिल गुरुङ गुरुङ, सचिवहरुमा सन्तोष गुरुङ र लिलु गुरुङ साथै कोषाध्यक्ष उर्मिला गुरुङ, सहकोषाध्यक्ष सिर्जना गुरुङ चयन भएका छन् भने सदस्यहरुमा रञ्जित गुरुङ, कृतिका गुरुङ, चन्द्र बहादुर गुरुङ, प्रभा गुरुङ, मनोज गुरुङ, दिप्ती गुरुङ, अमृत गुरुङ र सरोज गुरुङ रहने गरी एघारौं कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा संस्थाका महासचिव वाईबी गुरुङ र बन्द सत्रमा लेसन गुरुङको विशेष सहजीकरणसँगै सन्तोष गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

संस्थाले उक्त भेलाको अवसर पारेर भिम गुरुङ (पर्वत) को संयोजकत्वमा सदस्यहरु खोमप्रसाद गुरुङ, लेसन गुरुङ, युवराज गुरुङ र वाईबि गुरुङ लगायतको विधान संशोधन समितिले ” संस्थाको विधान संशोधन २०२५” समेत पारित गरेको थियो । महाधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर महाधिवेशन सफल बनाउन कार्यक्रममा उपस्थित जनाउनुहुने विभिन्न संघसंस्थाका आमन्त्रित प्रमुख अतिथि, अतिथिहरु, सउल आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक संस्था एवं संस्था सम्बद्ध व्यक्तित्वहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा तमू धीं दक्षिण कोरिया केन्द्रले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्