तमू धीं दक्षिण कोरियाले आफ्नो ११औं केन्द्रीय महाधिवेशन २०२५ अगस्ट २४, आइतबार सिओलमा आयोजना गर्ने भएको छ

0
139

तमू धीं दक्षिण कोरियाले आफ्नो ११औं केन्द्रीय महाधिवेशन आगामी २०२५ अगस्ट २४, आइतबार सिओलमा आयोजना गर्ने भएको छ। महाधिवेशनमा कोरियामा बसोबास गर्ने सम्पूर्ण तमू समुदायलाई सहभागी हुन आग्रह गरिएको छ।

आयोजक समितिले यस महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन आवश्यक तयारी पूरा भएको जानकारी दिएको छ। कार्यक्रममा कोरियामा रहेका तमू समुदायका विभिन्न व्यक्तित्व, संघ–संस्था, सामाजिक अभियन्ता तथा अतिथिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

तमू धीं दक्षिण कोरियाले विगतका महाधिवेशनमार्फत आफ्नो सांस्कृतिक संरक्षण, सामाजिक एकता र समुदायहितमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। यसपटकको ११औं केन्द्रीय महाधिवेशन पनि सोही परम्परालाई अझै सबल बनाउने उद्देश्यले आयोजना गरिएको हो।

आयोजक तमू धीं दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण तमू दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक निमन्त्रणासमेत गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्