कोरियामा उपचाररत उदयपुरका कमल चौधरीको निधन

0
275

दक्षिण कोरियाको बुसानस्थित अस्पतालमा उपचाररत उदयपुर चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर बेल्हा निवासी कमल चौधरीको निधन भएको छ। विगत डेढ महिनादेखि कोमामा रहेका चौधरीको उपचारकै क्रममा आज दिउँसो १ बजे ज्यान गएको हो।

इपिएस मार्फत कोरियामा कृषिक्षेत्रमा कार्यरत चौधरी केही महिनाअघि मात्र काम छोडेर नयाँ रोजगारीको खोजीमा सेल्टरमा बसिरहेका थिए। त्यही क्रममा उनी अचानक बेहोस भई प्रहरीमार्फत एम्बुलेन्समा अस्पताल पु¥याइएको थियो। परीक्षणपछि चिकित्सकले उनको टाउकोमा रगत जम्ने (Brain Hemorrhage) समस्या देखाएका थिए।

घटनापछि उनलाई चोसुन विश्वविद्यालय अस्पताल (Chosun University Hospital) को आईसीयूमा राखेर उपचार गरिएको थियो। तीन हप्तासम्म आईसीयूमा राख्दा कहिलेकाहीँ हातखुट्टा चलाउने र आँखा झिम्क्याउने लक्षण देखिए पनि स्वास्थ्यमा सुधार नआएपछि अन्ततः उनको जीवन रक्षा हुन सकेन।

उपचार अवधिभर करिब १८ लाख रुपैयाँ (१ करोड ८० लाख वोनभन्दा बढी) खर्च भइसकेको छ। तर चौधरीको आर्थिक अवस्था कमजोर भएकाले उक्त खर्च व्यहोर्न असमर्थ रहेको परिवारले जनाएको छ। अझ ठूलो अस्पतालमा सारेर उपचार गर्नुपर्ने अवस्था भए पनि पहिले उठेको बिल चुक्ता नगरेसम्म सम्भव नभएकाले उपचारमा थप चुनौती थपिएको थियो।

उनको उपचारमा सहयोग जुटाउन कोरियामा रहेका विभिन्न संघ–संस्था, विशेषगरी थारु कल्याणकारी समाज र उदयपुर सेवा समाज, कोरियाले संयुक्त रूपमा अभियान सञ्चालन गर्दै आएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्