पहिलो ‘छुङ्जु कप २०२५’ भलिबल प्रतियोगिता हुने

0
179

दक्षिण कोरियाको छुङ्जुमा पहिलो छुङ्जु कप २०२५ मैत्रीपूर्ण भलिबल प्रतियोगिता आगामी अगस्ट ३१ तारिखमा हुने भएको छ।छुङ्जु नेपाली समाजको आयोजना रहने प्रतियोगिता 호암 체육관 मा सञ्चालन हुनेछ।

आयोजक समितिका अनुसार प्रतियोगितामा आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पहिलो हुने टोलीले २० लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले १२ लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीहरूले जनही ८ लाख वोनसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई १ लाख वोन, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट स्पाईकर, लिफ्टर र डिफेन्डरलाई जनही ५० हजार वोनसहित ट्रफी र प्रमाणपत्र दिइनेछ।

प्रतियोगितामा सहभागिता जनाउन टोली दर्ता शुल्क ३५०,००० वोन तोकिएको छ। टोली दर्ताको अन्तिम मिति अगस्ट २४, २०२५ रहेको छ।

कार्यक्रमबारे थप जानकारीका लागि रञ्जित गुरुङ, विजय गुरुङ, हरि पुन, गणेश बसौला, नारायण कार्की र अशोक राईलाई सम्पर्क गर्न सकिनेछ।

आयोजक छुङ्जु नेपाली समाजले “छुङ्जुमा जुटौं, भलिबलमा भिडौं, मनमा मिलौं” भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्